FAQs Complain Problems

आज तुर्माखाँद गाउँपालिकामा २ दिनको "तुर्माखाँद शैक्षिक तथा स्थानिय पाठ्यक्रम कार्यशाला" सम्पन्न

आज तुर्माखाँद गाउँपालिकामा २ दिनको "तुर्माखाँद शैक्षिक तथा स्थानिय पाठ्यक्रम कार्यशाला" सम्पन्न भएको छ । सोहि कार्यशाला केहि सहमति र पालिकाले गर्ने कामरु तयार पारीएको छन जुन तल उल्लेखित छन ।

तुर्माखाँद सहमति र पालिकाले गर्ने कामहरु भूमिका यहि मिति २०८० साल पौष ८ र ९ गते यस गाउँपालिकाले बिभिन्न सरोकारवाला जस्तै शिक्षक, प्राधानाध्यापक, राजनैतिक दलका प्रतिनिधि, बिध्यालय ब्यबस्थापन समिति, शिक्षक महासंघ सहित शिक्षक संघ, संगठनका प्रतिनिधि, शिक्षा समिति र जन प्रतिनिधि लगायतका संग शिक्षा संग सम्बन्धित बिज्ञ टोलि संग दुइ दिनको गहन छलफल गरि तुर्माखाँद सहमति नामक साझा सहमती पत्र तयार गरेका छौ । बिभिन्न सरोकारवालहरुले गर्नु पर्ने कामहरु यसरी तल उल्लेखित गरेका छौ ।

१.बैक तथा बित्तिय संस्था र अभिभावकको सहकार्यमा गाउँपालिकाले सबै विद्यार्र्थीको अनिवार्य बचत कार्यक्रम गर्ने छौ ।

२.बिव्यस तथा शिक्षक महासंघको सहकार्यमा बिध्यालय तहमा भएका बिध्यार्थिहरुको दलगत संंगठन बन्द गर्नका लागि कार्यपालिकालाई सिफारिस गर्ने छौ ।

३. शिक्षक महासंघ तथा राजनितिक दलहरुको सहकार्यमा प्रत्येक बिध्यालयले अन्तरदलिय सम्वाद गरी बिध्यार्थीलाइ घरबाट बिध्यालयमा कसरी ल्याउने रु कसरी सिकाउने रु कसरी सिक्नेकला सिकाउने तथा कसरी सीपयुक्त बनाइ बजारमा बिकाउने भन्ने कुराको बुँदागत जानकारी बटुल्ने छौ । त्यसका आधारमा वडा तहमा सम्वाद गर्ने छौ । अन्त्यमा पालिका तहमा सम्वाद गरी तुर्माखाँद गाउँपालिकाका सबै बिध्यालयले लागु गर्ने नीति बनाइ अनिवार्य रुपमा लागु गर्ने छौ ।

४.मिलान तथा बन्द गरिएका प्रयाप्त कक्षा कोठा भएका बिध्यालयहरुमा स्थानीय संह्रालय बनाउने छौ ।

५. शिक्षक, बिव्यस र अभिभावकले गरेका असल अभ्यासहरु संकलन गर्ने डिजिटल एप बनाइ कार्यान्वयन गर्ने छौ र सोही जानकारीको आधारमा पुरुस्कृत गर्ने प्रबन्द गर्ने छौ । ६.शिक्षकहरुले चाहेका ल्यापटप, मोवाइल मोटरसाइकल, जमिन जस्ता भौतिक सुविधा निजहरुको तलव बाट कट्टा हुने सम्झौता पालिका तथा व्यापरीको सहकार्यमा गर्ने गराउने छौ ।

७. आधुनिक प्रबिधि, डिजिटल म्याप मार्फत बिध्यालय अनुगमन गर्ने प्रबन्ध मिलाउने छौ । यस बाहेक अभिभावक बिव्यस तथा जनप्रतिनिधि कक्षा अवलोकन गर्ने गराउने छौ ।

८। शैक्षिक गुणस्तरको पालिका स्तरीय मानक बनाइ लागु गर्ने छौ । सो मानक अनुसार बिध्यार्थीको क्षमता भए नभएको परिक्षण गर्ने प्रबन्ध मिलाउने छौ ।

९. सरोकारवालाहरुको सहकार्यमा एकसाथ पालिकाको शिक्षा नीति, एन, नियमावली, कार्यबिधि तथा योजना बनाइ कार्यान्वयन गर्ने छौ ।

१०. सरोकारवालाको सहकार्यमा स्थानीय पाठ्यक्रम, पाठयपुस्तक तथा शैक्षिक सामग्री बनाइ लागु गर्ने छौ ।

११. शिक्षक महासंघको सहकार्यमा शिक्षकलाइ अध्यावधिक गर्न फेसबुक वाट्सऐप मेसेन्जर युटुुव आदीको उपयोग गर्ने छौ ।

१२. निशुल्क तथा अनिवार्य शिक्षा ऐन २०७५ लाइ कार्यान्यवन गरी ‌औपचारिक तथा अनौपचारिक रुपमा सबैलाई आधारभुत तहको शिक्षा सुनिश्चित गर्ने छौ ।

१३. दलित माथीको जातीय छुवाछुत अन्त्य गर्ने तथा उनीहरुका परम्परागत सीपहरुको खोजी, उध्धमीकरण तथा बजारीकरण गर्ने र्छाै ।

१४. बिपन्न अभिभावक पहिचान गरी पालिकाले सशर्त काममा लगाई उनका सदस्यहरुलाई आबश्यक लत्ता कपडा आदीको प्रबन्ध गर्नै पर्ने व्यबस्था गर्ने छौ ।

१५. जनप्रतिनिधि, शिक्षक, बिव्यसको सहकार्यमा पालिकाका बिधागत बिज्ञहरुको पहिचान गरी बिद्यालयले तिनको सेवा सुनिश्चित गर्ने प्रबन्ध मिलाउने छौ ।

१६ जनप्रतिनिधि, राजनिति दल, शिक्षक, स्थानीय कर्मचारी, बिव्यस लगायत सबै सरोकारवाला र सार्बजनिक जीवन ब्यतित गर्ने व्यक्तिका छोरा छोरी सार्बजनिक स्कुलमै पढाउन व्यवस्थाका लागि गाउँकार्यपालिलाइ सिफारिस गर्ने।

१७ बिध्यालयका प्रधानाध्यापक योग्यता, क्षमता, मेरिट र प्रतिष्प्रधाका आधारमा करारमा नियुक्त गर्नेछौ ।

१८ विषयगत शिक्षकको क्षमता अभिवृद्धि गर्ने हेतुले पालिका भित्रैका स्वँयमसेवा गर्न चाहने विषयगत राम्रा शिक्षकहरु मध्यबाट छनौट गरि ःभलतयच त्भबअजभच एचयनचबmmभ सँचालन गर्नेछौ ।

१९ बिध्यालय नक्सांकन गरि नक्सांकनका मापदण्डमा नपरेका बिध्यालयहरु मर्ज र डाउनसाइज गर्दा कुनै किसिमको अवरोध गर्ने छैनौ ।

शिक्षक महासंघको नेतृत्वमा शिक्षकले गर्ने काम

१. संबिधानको धारा ५१ (ज) को (क) लाइ कार्यान्वयन गर्ने छौ ।

२. पालिकाको मानक अनुसार शैक्षिक गुणस्तर सुनिश्चित गर्ने छौ ।

३. शिक्षक महासंघले आफ्ना शिक्षकहरु मार्फत सबै विद्यार्थिलाइ कम्तीमा एउटा सिप सुनिश्चित गर्न प्रोफाइल तयार गर्नेछौ । सो प्रोफाइल अनुसार पालिकाका् सहकार्यमा आफैले सिप आर्जन गर्नेको थयगतगदभ बनाउने छौ । विद्यार्थिलाइ छोटो अवधिको सिप विकास तालिमका लागि पालिका सँग सहकार्य गर्नेछौ । एक अर्काले जानेका सिपका लागि विद्यार्थिलाइ जोडा बनाइ दिनेछौ । अथवा स्थानीय सिप भएका व्याक्ती सँग सिक्ने प्रबन्ध मिलाउने छौ ।

४ अभिभावकलाइ अभिमुखिकरण गर्ने तथा अभिभावकका गुनासो सुनि तदनुसार काम गर्न प्रत्यक विद्यालयलाइ जिम्मेवार बनाउने छौ ।

५ विद्यालयमा नियमित आउन नसक्ने विद्यार्थिको हकमा पालिका र विव्यसको समन्वय र सहकार्यमा घरघरै जाने तथा घरमै सिक्ने सिकाउने प्रबन्ध मिलाउने ब्यवस्था गर्नेछौ ।

६ विद्यालयका सबै शिक्षक तथा विद्यार्थीलाई अनिवार्य योगाभ्यास गर्ने प्रवन्ध मिलाउने छौ ।

७ विद्यार्थीलाई शैक्षिक तथा प्राज्ञिक चुनौती हुने खालको परियोजना दिइ शिर्जनात्मक तथा समालोचक बनाउने छौ ।

८ अभिवावक तथा साथीसंगको अनुसन्धान मोबाइल तथा कम्प्युटरमा खोजी,पाठ्यपुस्तकमा खोजी आ(आफ्नो अनुभव जोडी पढ्ने पढाउने तरिका अपनाउने छौ ।

९ विद्यार्थीे शिक्षक तथा अभिभावक मिलेर स साना अनुसन्धान गर्ने गराउने सस्कृति बनाउने छौ । यस्ता अनुसन्धानका नतिजाहरु समावेश गरी पालिका संगको सहकार्यमा अनलाइन तथा छपाइ गर्ने छौ ।

१०. बिद्यार्थी तथा अभिभावक परिचालन गरी बिद्यालय हातालाई हरियाली घेरावार सुनिश्चित गराउने र्छौ । ११. शिक्षकको अभाव भएमा आधुनिक प्रबिधि प्रयोग गर्ने, मनिटर प्रयोग गर्ने तथा स्थानीय बिज्ञ प्रयोग गर्ने प्रबन्ध मिलाउने छौ ।

१२. बिद्यार्थी शिक्षक अभिभावकको सहकार्यमा स्थानीय पाठ्यसामग्री निर्माण तथा प्रयोग गर्ने र्छौ ।

१३. बिधागत, तहगत तथा बिषयगत शिक्षकको फेसबुक, भाइबर, मेसेन्जर तथा वाट्टसेप समुह बनाइ एक अर्काले गरेका अभ्यास तथा भोगेका समस्याको समाधान खोज्ने व्यबस्था मिलाउने छौ । १४. बिद्यार्थीलाई पढाउने काम गर्दै सिक्न अभिप्ररित गर्ने गराउने छौ ।

१५. कार्यकारी प्रमुखको हैसियतले प्रधानाध्यापले माथिका सबै कुरा आ आफ्नो बिद्यालयमा लागु गर्ने छौ ।

बिद्यालय व्यबस्थापन समितिको काम

१. भौतिक, शैक्षिक, मानविय, आर्थिक तथा आधुनिक प्रबिधिमा शिक्षकलाइ सघाउने व्यबस्था गर्ने छौ ।

२. नजिकका एक अर्का बिद्यालयमा गै त्यहाँबाट कम्तिमा ३ वटा राम्रा काम के सिक्न सकिन्छ र के सिकाउन सकिन्छ भन्ने अभ्यास गर्ने छौ ।

३. वडा तहमा विव्यसको भेला गरी एक अर्का बिद्यालयलाई भौतिक, शैक्षिक, मानविय, आर्थिक तथा आधुनिक प्रबिधिमा जानकारी बनाउने प्रबन्ध गर्ने छौ ।

४. बेला बखतमा एक अर्का बिद्यालयमा शिक्षक, बिद्यार्थी तथा अभिभावकको आदान प्रदान गरि सिक्ने सिकाउने व्यबस्था गर्ने छौ ।

५. पालिकाबाट लिनु पर्ने सहयोग बिद्यालयलाइ उपलब्ध गराउन प्र.अ.ले त्यहाँ धाउनु नपर्ने व्यबस्था मिलाउने र्छौ ।

६. कक्षामा ढिलो आाउने र छिटो जाने शिक्षकले बिद्यार्थीको समय चोरी भ्रष्टाचार गरेको हो भन्ने मान्यता स्थापित गराउन शिक्षक तथा प्र.अ.संग सहकार्य गराउने छौ ।

७. आ आफ्ना बिद्यालयका बिद्यार्थी, शिक्षक तथा अभिभावकको प्रतिभा पहिचान गरी तिनलाई थप तालिम दिने पालिका संग सहकार्य गर्ने छौ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: