FAQs Complain Problems

स्थानीय विपद व्यवस्थापन समिति तथा कार्यदलको काम, कर्तव्य र जिम्मेवारी बारे दुई दिने अभिमुखीकरण तुर्माखाँदमा सम्पन्न ।

स्थानीय विपद व्यवस्थापन समिति तथा कार्यदलको काम, कर्तव्य र जिम्मेवारी बारे दुई दिने अभिमुखीकरण तुर्माखाँदमा सम्पन्न ।

वाक नेपाल र वल्डभिजन इन्टरनेश्नल नेपालको संयुक्त साझेदारीमा सञ्चालित समुदायमा आधारित विपद जोखिम न्यूनिकरण परियोजनाको सहजिकरणमा हिजोबाट सुरुभएको कार्यक्रम तुर्माखाँदमा आज सम्पन्न भएको हो । सोही कार्यक्रममा ३२ जना सहभागीहरूको उपस्थिति रहेको थियो । तुर्माखाँद गाउँपालिकाका उपाध्यक्ष विमला कुमारी शाही ज्यूको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा तुर्माखाँद गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बुढा तुर्माखाँद गाँउ पालिकाका शाखा प्रमुखहरू राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू स्थानीय विपद व्यवस्था तथा कार्य दलका पदाधिकारीहरूको उपस्थिति भएको थियो । उक्त कार्यक्रममा विपद व्यवस्थापन समिति तथा कार्यदलको काम ,कर्तव्यका बारे प्रशिक्षक प्रयाग राज कापडीले सहजिकरण गराउनु भएको कार्यक्रमको सञ्चालन यस तुर्माखाँद गाउँपालिकाका विपद शाखाका प्रमुख जनक बहादुर थापाले गर्नु भएको थियो ।

आर्थिक वर्ष: