FAQs Complain Problems

नागरिकता वितरणका लागी विवरण संकलन टोली आउने सम्वन्धि सुचना

प्रस्तुत विषयका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय अछामको फोनवाट प्राप्त जानकारी अनुसार यस तुर्माखाँद गाँउपालिकाका २०५८ भन्दा अगाडि नागरिकता प्राप्त गरिसकेका तर विविध कारणले नागिरकताको प्रमाण पत्रमा लेखिएको विवरण स्पष्ट नदेखिने वा कम देखिने फोटो चिन्न नसकिने भएका नागरिकहरुलाई पुरानो नागरिकता लिई नयाँ नागरिकता प्रदान गरिने र यसै गरी नागरिकता प्राप्त गर्न उमेर पुगेका व्यक्तिहरुलाई समेत नागरिकता प्रदान गर्ने गरी विवरण संकलन गरिने भएकाले तपसिलका पायक पर्ने स्थानमा आवश्यक कागजात र फोटो सहित नागरिकता प्रदानका लागि जिल्ला प्रशासन कार्यालय अछामबाट खटिएको विवरण संकलन टोलीसंग सम्पर्क राख्नु हुन सम्बन्धितको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ ।

तपसिल :

) नागरिकता वितरणका लागि विवरण संकलन टोली वस्ने स्थान र मितिः

१) ९ नं वडाका लागि मिति २०८० २|७ गते १ नं वडा कार्यालयमा रहफ

 २) २ नं वडाका लागि मिति २०८०१२१८ गते भुलु वडा कार्यालयमा

(३) मिति २०८०/२/९ देखि २०८०।२।१२ सम्म ४ नं वडा कार्यालय तुर्माखाँद (वडा नं ३, ४, ५,६, ७ र ८ का लागि)

ख) आवश्यक कागजातः

२०५८ भन्दा अगाडि नागरिकता प्राप्त गरी हाल नागरिकताको प्रमाण पत्र पुरानो भएकाहरुको हकमा सक्कलै नागरिकताको प्रमाण-पत्र र ४ प्रति फोटो र नयाँ नागरिकता पाउनेहरुको हकमा SEE को प्रवेश-पत्रको प्रतिलिपी र ४ प्रति फोटो

 

आर्थिक वर्ष: